+
+
Shares

गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते

अनिल खत्री अनिल खत्री
२०८२ असोज ९ गते ७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन्।
  • बुधबार दिउँसो गुल्मीका विभिन्न स्थानमा चट्याङ लागेर चार जना स्थानीय घाइते भएका छन्।
  • घाइतेहरुलाई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

९ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् ।

मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर रियासाको घटनास्थलमै मृत्यु भएको र उनका बाबु–आमा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाहादुर सारुले बताए ।

घाइतेहरुलाई स्थानीय मेडिकल मलागिरीमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको कमाण्डमा टोली खटिएको थियो ।

त्यस्तै जिल्लाका विभिन्न स्थानमा बुधबार दिउँसो परेको चट्याङका कारण चार जना स्थानीय घाइते भएका छन् भने तीन वटा गोरुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार धुर्कोट गाउँपालिका–७, वाग्ला धरमपानीका ५८ वर्षीय कृष्ण प्रसाद पन्थी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै घरको आँगनमा मकै केलाउने क्रममा चट्याङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । बोल्न सक्ने अवस्थामा रहेका पन्थीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईस्मा गाउँपालिका वडानम्बर–४, दोहोलीकी ४६ वर्षीया निर्मला खत्री र वडानम्बर–५, बेसारीकी २५ वर्षीया कालिका खत्री पनि चट्याङ लागेर घाइते छन् । दुवैको गुल्मी तम्घास अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मालिका गाउँपालिका वडानम्बर–४ खामदेशस्थित सामुदायिक जंगलमा चट्याङ लागेर ५० वर्षीय दुर्गा प्रसाद अर्यालका दुईवटा र चिरञ्जीवि अर्यालका एउटा गोरु मरेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?