News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं म्याराथनको १७औं संस्करण आगामी नोभेम्बर १ मा दशरथ रंगशालाबाट सुरु भएर चार शहर परिक्रम गरेर हुनेछ।
- आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले १३ विधामा करिब ५ हजार धावक सहभागी हुने र २०० विदेशी धावक आउने बताए।
- सिद्धार्थ बैंक मुख्य प्रायोजक बनेको काठमाडौं म्याराथनले खेल पर्यटन प्रवर्द्धन र नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने लक्ष्य राखेको छ।
९ असोज, काठमाडौं । नेपालकै प्रतिक्षित म्याराथन मध्ये एक काठमाडौं म्याराथन को १७औं संस्करण आगामी नोभेम्बर १ मा हुने भएको छ ।
आयोजक एनआरएस स्पोर्ट्स फाउण्डेसनले बिहीबार काठमाडदंमा पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा मिति घोषणा गरेको हो ।
नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैँभरीलाई ) भन्ने नाराका साथ यस पटकको म्यारथन दौड आयोजना हुने आयोजक फाउण्डेसका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।
काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट सुरु हुने र चार शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, ठिमी परिक्रम गरेर सकिने आयोजकले जनाएको छ ।
१७औं संस्करणमा करिब ५ हजार धावकहरुले सहभागिता जनाउने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘विभिन्न १३ विधामा गरी ५ हजार धावकहरुले प्रतिस्पर्धा गर्ने अपेक्षा छ । यस पटक २०० विदेशी धावक म्याराथनमा सहभागि हुन आउनेछन् ।’ उनले भने ।
यस पटक ४ वर्ष देखि ७० वर्षमाथिका उमेर सम्मलाई लक्षित गरिएको आयोजकले जनाएको छ ।
सबै उमेर समूह र पेशाका व्यकतिहरुलाईलाई एउटै मञ्चमा ल्याउने काठमाडौं म्याराथनको लक्ष्य राखेको छ ।
काठमाडौं म्यारथनले स्वास्थ्यप्रति जागरण ल्याउने, खेल पर्यटन प्रवरद्धन तथा नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण प्लेटपर्म प्रदान गर्ने आयोजकको विश्वास छ ।
आयोजक फाउण्डेसनका अध्यक्ष श्रेष्ठले सन् २००७ मा एनआरएन काठमाडौं इन्टरनेशनल म्यारथनको नामबाट सुरु गरेको यस म्याराथनलाई आफूले अहिलेसम्म निरन्तरता दिएको र सकुन्जेल आयोजना गर्ने बताए । पहिलो संस्करणमा महिला र पुरुष दुवैको विजेतालाई १०-१० हजार अमेरिकी डलर पुरस्कार दिएको स्मरण गर्दै श्रेष्ठले म्यारथनमा क्यास प्राइज महत्वपूर्ण हुने बताए ।
यस्तै काठमाडदं म्यारथन नेपालकै ठूलो म्यारथन भएको र बिचमा कोभिड हुँदा बाहेक अरु बेला निरन्तर भएको बताए ।
काठमाडौं म्यारथनको १७औं संस्करणको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैँक जोडिएको छ । बिहीबारै पत्रकार सम्मेलनमा मुख्य प्रायोजकको घोषणा र सम्झौता भएको हो ।
सिद्धार्थ बैकका सिएमओ सुरेश राज महर्जनले काठमाडौं म्याराथनसँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।
यस्तै नेपाल पर्यटन बवर्डका निर्देशक सुनिल शर्माले खेलकुद र पर्यटन जोडेर अघि बढ्न सकेन धेरै फाइनदा हुने बताए । म्याराथनमा विदेशी धावकहरु आउँदा यसको चर्चा बढ्ने बताए । शर्माले यसको प्रचार नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमै हुनुपर्ने बताए । खेलकुद पर्यटनको लागि नेपाल पनि उत्कृष्ट गन्तव्य हो भनेर देखाउन नेपाल पर्यटन बोर्ड तयार रहेको उनको भनाई थियो ।
प्रतिक्रिया 4