+
+
Shares

नेपाल वायु सेवा निगमको गएरातिको ग्वान्झाउ उडान स्थगित, कारण के हो ?

नेपाल एयरलाइन्सले कारण नखुलाइकन उडान स्थगित भएको सूचना सार्वजनिक गरेको छ । सो सूचनामा गएरातिको उडान शुक्रबार दिउँसो साढे १ बजेसम्मका लागि सारिएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते ९:२८

१० असोज, काठमाडौं । नेपाल वायु सेवा निगमको खर्चमा गएराति चीनको ग्वान्झाउ भ्रमणमा जाने तयारीमा रहेको नेपाली टोलीको उडान अन्तिम समयमा स्थगित भएको छ ।

नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउँ भ्रमणमा लैजाँदै थियो । ‘सो टोलीको उडान तालिका गएराति १० बजे थियो । बोर्डिङ पाससमेत वितरण भइसकेको थियो तर अन्तिम समयमा उडान स्थगित भएको भन्दै होटलमा लगेर राखियो,’ स्रोतले भन्यो ।

उडान स्थगित हुनुको कारण औपचारिक रुपमा थाहा हुन सकेको छैन । तर एक अधिकारीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट उडान योजना स्वीकृत भएर नआएकाले गएरातिको उडान स्थगित गरिएको हो । सो उडान आज दिउँसो हुने ती अधिकारीले बताए ।

नेपाल एयरलाइन्सले कारण नखुलाइकन उडान स्थगित भएको सूचना सार्वजनिक गरेको छ । सो सूचनामा गएरातिको उडान शुक्रबार दिउँसो साढे १ बजेसम्मका लागि सारिएको उल्लेख छ ।

वायु सेवा निगमको जहाजले पर्यटन मन्त्रालयका एक प्रतिनिधि, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार लगायतरुलाई ग्वान्झाउ भ्रमण गराउने तयारी गरेको थियो । क्याबिन क्रुबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउने भन्दै लान लागिएको थियो ।

निगमले ग्वान्झाउ लैजाने टोली चार दिनसम्म चीन भ्रमण गर्ने र सेप्टेम्बर २९ तारिखमा नेपाल फर्कने तालिका थियो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सरकारी खर्च कटौतिको योजना ल्याएका बेला हुन लागेको यो भ्रमणको आलोचना पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?