+
+
Shares

प्रचण्डपछि जसको विचार बलियो हुन्छ, त्यही नेतृत्वमा स्थापित हुन्छ : माओवादी नेता गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १०:४१

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीमा जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वत: स्थापित हुने बताएका छन् ।

माओवादी केन्द्रको बैठक महाधिवेशन गर्ने निष्कर्षसहित सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

‘कमरेड प्रचण्डको सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अवस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफैं बुझ्नुपर्ने विषय हो’ गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी थप्छन्, ‘अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन । त्यो त महाधिवेशनकै निर्णयले टुंगो लगाउने कुरा हो ।’

माओवादीमा प्रचण्डपछि अब जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वत: स्थापित हुने उनको विश्वास छ ।

‘त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो’ उनी लेख्छन्, ‘जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वत: स्थापित हुन्छ ।’

जेनेरेसन–जीले यही खोजिरहेको उल्लेख गर्दै उनी थप्छन्, ‘वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् ।’

पार्टीका संयोजक प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर हुने गजुरेलको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?