
१२ असोज, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णयमाथि आपत्ति जनाएको छ ।
आइतबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले सरकारले गरेको उक्त निर्णयको सिफारिप्रति पार्टीको गम्भीर आपत्ति जनाएको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले यो सिफारिसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको जानकारी गराएका हुन् ।
‘राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो गम्भीर आपत्ति छ,’ उपमहासचिव ज्ञवालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4