News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडलाई २-१ गोलअन्तरले हराउँदै स्पेनिस लालिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ।
- बार्सिलोनाका जुलियस कोन्डे र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे।
- बार्सिलोनाले ७ खेलमा १९ अंक जोडेको छ भने दोस्रो स्थानको रियल मड्रिडको १८ अंक छ।
१३ असोज, काठमाडौं । स्पेनिस लालिग फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा जुलियस कोन्डे र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे ।
खेलको ३१औं मिनेटम पाहुना टोलीका अल्भारो अड्रिजोलाले गोल गर्दै अग्रता दिलाएका थिए । ४३औं मिनेटमा कोन्डेले बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५९औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले २-१ को पुनरागमन जित निकाल्न सफल भयो।
जितपछि शीर्षस्थानको बार्सिलोनाको ७ खेलमा १९ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ अंक छ ।
प्रतिक्रिया 4