+
+
Shares

रोशीले हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका जोड्ने सडकअन्तर्गत थाङसिबेसीमा हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात दुई दिनदेखि अवरुद्ध छ।
  • गत वर्ष असोजमा आएको बाढीले पक्की पुल बगाएपछि अस्थायी हृयुम पाइप राखिएको थियो, जुन यस वर्षको बाढीले पुनः बगाइएको छ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

१२ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका जोड्ने सडकअर्न्तगत नमोबुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका वडा नं ७ को सिमाना रहेको थाङसिबेसीको हृयुम पाइप बगाउँदा डाँडापारी जाने यातायात अवरुद्ध भएको छ ।

गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएपछि अस्थायीरुपमा यातायात सञ्चालनका लागि थाङसिबेसीमा हृयुम पाइप राखिएको थियो । उक्त हृयुम पाइप यस वर्षको बाढीले बगाएपछि दुई दिन अघि मात्रै राखिएको हृयुम पाइप रोशी खोलाले पुन: बगाएको छ ।

रोशी खोलाले काभ्रेको डाँडापारी जाने सडकखण्डको हृयुम पाइप बगाएको हुनाले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?