+
युनिटी कप टी-२०आई शृंखला :

वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

२०८२ असोज  १४ गते ८:३९ २०८२ असोज १४ गते ८:३९
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाको अन्तिम खेल १४ असोज, शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ।
  • नेपालले दुवै खेलमा जित निकाल्दै शृंखला आफ्नो नाममा गरिसकेको छ र आजको खेल जिते क्लिन स्वीप गर्नेछ।
  • नेपालले ३ वा सोभन्दा बढी खेल समावेश भएका द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन र आज सफल भए कीर्तिमानी जित हुनेछ।

१४ असोज, काठमाडौं । नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।

दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ । आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ ।

अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

नेपालले आज क्लिनस्वीप गर्न सकेमा टेस्ट राष्ट्रविरुद्ध अर्को कीर्तिमानी जित हुनेछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम

वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

नेपाल-वेस्ट इन्डिज शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय