
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महालक्ष्मी नगरपालिका–४ की लिला बराइलीको हराएको सुनको गरगहना र नगद रकम ट्राफिक प्रहरीले फेला पारी फिर्ता गरेको छ।
- बराइलीले असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन विमानस्थलसम्म यात्रा गर्दा झोलाभित्रको सामान हराएको निवेदन दिएका थिए।
- ट्राफिक प्रहरीले भाडाकार चालकको साथबाट झोला फेला पारी सुरक्षित रूपमा बराइलीलाई हस्तान्तरण गरेको छ।
१४ असोज, काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।
असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।
बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।
प्रहरीका अनुसार उक्त गाडीका चालकले पनि ट्राफिक प्रहरीको रोहबरमै सामान फिर्ता गरेका थिए ।
प्रतिक्रिया 4