+
+
Shares

गुल्मीमा नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १८:३४
सांकेतिक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा १२ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय राजु सार्की सोमबार पक्राउ परेका छन्।
  • राजु सार्की चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने र बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका हुन्।
  • जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

१४ असोज, गुल्मी । गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?