+

एन्जिलाले सेथु एफसीबाट भारतीय लिग खेल्ने

२०८२ असोज  १५ गते १३:५५ २०८२ असोज १५ गते १३:५५
एन्जिलाले सेथु एफसीबाट भारतीय लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आधा सिजनको लागि सम्झौता गरेकी छिन्।
  • एन्जिला यसअघि पनि सेथुबाट खेलिसकेकी छिन् र सन् २०२३–०२४ को सिजनमा टोलीकी कप्तान थिइन्।
  • एन्जिलाले हालसम्म देशका लागि ५७ खेल खेलिसकेकी छिन् र सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी हुन्।

१५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आवद्ध भएकी छिन् ।

क्लब र एन्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । एन्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छिन् ।

एन्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ को सिजनमा भने एन्जिला टोलीको कप्तान नै थिइन् ।

पछिल्लो सिजन भने उनले युरोपेली लिग खेलेकी हुन् । युरोपेली लिग खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी उनले ग्रीसको निस अट्रोमिटौबाट एक सिजन खेलेकी हुन् ।

यसपटक विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट एएफसी महिला च्याम्पियन्स लिगको छनोट खेल पनि खेल्न भ्याइन् । तर, ताजकिस्तानमै रहँदा सम्झौता गर्न नपाएपछि उनी आधा सिजनपछि मात्रै युरोपेली लिगको लागि आवद्ध हुने तरखरमा छिन् ।

‘युरोपबाटै खेल्ने अवसर पनि आएको थियो । तर, उज्बेकिस्तानमा हुँदा सम्झौता गर्न पाइन्,’ एन्जिलाले भनिन्, ‘तत्काललाई सेथुबाट भारतीय लिग खेल्छु । मध्यसिजनमा पुनः युरोपेली क्लबसँग नै जोडिन्छु ।’

यसअघि एन्जिलाले पाकिस्तानी टिम मासा युनाइटेडबाट पनि खेलेकी थिइन् ।

एन्जिलाले हालसम्म देशको लागि ५७ खेल खेलिसकेकी छिन् । उनी देशको लागि सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी पनि पर्छिन् ।

नोभेम्बरबाट सुरु हुने भारतीय महिला लिगमा पूर्व विजेता इष्ट बंगालसहित आठ टिम सहभागी हुँदैछन् । भारतीय लिग हालसम्म गोकुलम केरेलाले सर्वाधिक ३ पटक जितेको छ ।

एन्जिला तुम्बापो सुब्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय