+

न्युजिल्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

२०८२ असोज  १५ गते १५:१४ २०८२ असोज १५ गते १५:१४
न्युजिल्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले न्युजिल्यान्डसँगको पहिलो टी-२० शृंखलामा ६ विकेटले जित हासिल गरेको छ।
  • अस्ट्रेलियाले १८२ रनको लक्ष्य ३ ओभर ३ बल बाँकी छँदा ४ विकेटमा भेट्टाएको हो।
  • कप्तान मिचेल मार्शले ४३ बलमा ८५ रन बनाएर उत्कृष्ट प्रदर्शन देखाएका छन्।

१५ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्यान्डसँगको पहिलो टी-२० शृंखलामा शानदार जित हासिल गरेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको हो ।

न्युजिल्यान्डले दिएको १८२ रनको लक्ष्य अस्ट्रेलियाले ३ ओभर ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ८५ रन बनाए ।

त्यस्तै ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २९ रन बनाए । टिम डेभिड २१ र मार्कस स्टोयनिस ४ रनमा अविजित रहे । एलेक्स केरी ७ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । टिम रोबिन्सनले अविजित शतकीय पारी खेले । उनले १०६ रन बनाएका थिए ।

६ रनमै ३ विकेट गुमेको अवस्थाबाट न्युजिल्यान्डका लागि रोबिन्सन र बेभोन ज्याकब्स मिलेर रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका बेन डारशुइसले २ विकेट लिँदा जोश हेजलवूड र म्याथ्यु शर्टले १-१ विकेट लिए ।

शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

अस्ट्रेलिया क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय