News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाको अन्तिम दुई खेलका लागि निलम्बनमा परेका छन्।
- नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपले पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेट अघि नखेल्ने निर्णयले टोली र नेपाली क्रिकेटमा गम्भिर असर परेको जनाएको छ।
- क्यानले व्यवस्थापनको सिफारिसमा बाँकी खेल र सम्पूर्ण सिरिजका लागि सन्दीपलाई निलम्बन गरेको र उनी ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि टोलीमा समावेश हुने बताएको छ।
१५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।
सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।
सन्दीपले के कारणले नखेल्ने निर्णय गरे भन्नेबारे अझै केही खुलेको छैन । यसबीचमा सामाजिक सञ्जालमा आएका विभिन्न चासो र टिकाटिप्पणीका सम्बन्धमा क्यानले विज्ञप्ति जारी गरेको हो ।
अब ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको जनाइएको छ ।
क्यानको विज्ञप्ति :
प्रतिक्रिया 4