+

महिला कबड्डी विश्वकप बंगलादेशमा हुने

२०८२ असोज  १५ गते २०:०२ २०८२ असोज १५ गते २०:०२
महिला कबड्डी विश्वकप बंगलादेशमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो संस्करणको महिला कबड्डी विश्वकप बंगलादेशमा आगामी नोभेम्बर १५ देखि २५ सम्म हुने भएको छ।
  • प्रतियोगिता १३ वर्षपछि दोस्रो पटक आयोजना हुन लागेको हो र १४ देश सहभागी हुनेछन्।
  • नेपाली टोलीले दशैंअघि भारतमै एक महिना प्रशिक्षण गरेको थियो।

१५ असोज, काठमाडौं । दोस्रो संस्करणको महिला कबड्डी विश्वकप बंगलादेशमा हुने भएको छ । यसअघि अगस्टमा भनिएको प्रतियोगिता स्थगित भएको थियो ।

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाका अनुसार प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २५ सम्म हुनेछ ।

१३ वर्षपछि दोस्रो संस्करण आयोजना हुन लागेको विश्वकप त्यसअघि पनि जुन महिनामा बिहारमा आयोजना हुने तय भएको थियो तर त्यसबेला पनि स्थगित गरिएको थियो।

भारत, नेपाल, अर्जेन्टिना, बंगलादेश, चीन ताइपेइ, इरान, जापान, केन्या, थाइल्यान्ड, युगान्डा, जांजिबार, पोल्याण्ड, जर्मनी र नेदरल्याण्ड गरी १४ देश प्रतियोगितामा सहभागी हुने तय छ।

नेपाली टोलीले दशैंअघि भारतमै एक महिना प्रशिक्षण गरेको थियो ।

महिला कबड्डी विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय