News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसजीसँग २-१ गोलअन्तरले पराजित भएको छ।
- पीएसजीका लागि सेनी मयालुले ३८औं मिनेटमा बराबरी गोल र ९०औं मिनेटमा गोन्सालो रामोसले जित गोल गरेका थिए।
- अन्य खेलमा आर्सनलले ओलम्पियाकसलाई २-०, रियल मड्रिडले काइरातलाई ५-० ले हराएको छ।
१६ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले हार बेहोरेको छ। गएराति घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पीएसजीसँग २-१ गोलअन्तरले पराजित भएको हो ।
खेलमा सुरुवाती अग्रता लिएको भएपनि बार्सिलोनाले जोगाउन सकेन । १९औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए ।
३८औं मिनेटमा सेनी मयालुले पीएसजीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ९०औं मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पीएसजी जित निकाल्न सफल भयो ।
अन्य खेलहरूमा आर्सनलले ओलम्पियाकसलाई २-० ले हरायो भने म्यान्चेस्टर सिटीले मोनाकोसँग २-२ गोलको बराबरी खेल्यो । न्युकासलले युनियन सेन्टलाई ४-० ले हरायो । टोटनहामले बोडो गिम्टसँग २-२ गोलको बराबरी खेल्यो ।
लिभरपुल गालातासारेसँग १-० ले पराजित हुँदा चेल्सीले बेनफिकालाई १-० ले हरायो । इन्टर मिलानले स्लाभिया प्रहालाई ३-० तथा रियल मड्रिडले काइरातलाई ५-० ले हराएको छ ।
प्रतिक्रिया 4