News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल १८ असोज, कुवालालम्पुरस्थित वायुमास ओभलमा नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि हुनेछ।
- मलेसियाले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ र पहिलो खेलमा नेपाललाई ३ रनले हराएको थियो।
- नेपालको महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि यो शृंखला खेल्दै छ।
१८ असोज, काठमाडौं । नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेल आज हुँदैछ ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ । बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।
त्यसको तयारीका लागि यो शृंखला भइरहेको हो ।
नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर
प्रतिक्रिया 4