News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले स्वर्ण पदक जितेकी छन्।
- नेपालबाट वर्षा बुढा मगर, सविना श्रेष्ठ र सानुमाया थिङले पनि प्रतिस्पर्धा गरिरहेका छन्।
- प्रशिक्षकमा कुशल श्रेष्ठ र निर्णायकमा तारा गुरुङ छन्।
१७ असोज, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा भएको कराते वान सिरिज ए मा एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।
६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै एरिकाले स्वर्ण जितेकी हुन् ।
यस प्रतियोगितामा एरिकाले पहिलोपटक स्वर्ण जितेकी हुन् ।
नेपालबाट वर्षा बुढा मगर ५० केजीमूनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।
प्रतिक्रिया 4