+
+
Shares

विपद्मा राज्य संयन्त्रको प्रभावकारी परिचालन गर : मानव अधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले विपद्का बेला राज्य संयन्त्रहरुको प्रभावकारी परिचालन गन सरकारलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानवअधिकार आयोगले विपद्का बेला राज्य संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ।
  • आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
  • आयोगले राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण नागरिकलाई विपद्पूर्व तयारी र उद्धारमा सघाउन अनुरोध गरेको छ।

१८ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विपद्का बेला राज्य संयन्त्रहरुको प्रभावकारी परिचालन गन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेल प्रेस विज्ञप्ति निकालेर विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।

साथै, विपद्पूर्वको तयारी तथा उद्धारका कार्यमा सघाउन आयोग राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु एवम् सम्पूर्ण नागरिक समाजलाई आग्रह गरिएको छ ।

देशका विभिन्न भूभागमा सुरु भएको मनसुनी वर्षाबाट हुनसक्ने बाढी, पहिरोका कारण उत्पन्न संभावित जटिल अवस्था र सोबाट मानवअधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि संयमता, धैर्यता, सक्रियता र विवेकपूर्ण ढंगले आआफ्नो क्षेत्रबाट उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?