
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भारी वर्षाका कारण बाढी, पहिरो र डुवानको सम्भावना भएकाले सचेत रहन आग्रह गर्नुभएको छ।
- पोख्रेलले खोलानाला तथा नदी किनारमा नजान र अनावश्यक लामो दूरीको यात्रा नगर्न सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ।
- उहाँले जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न र स्थानीय पार्टी कमिटीहरूलाई राज्य निकायसँग सहकार्य गर्न विशेष अनुरोध गर्नुभएको छ।
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विपद्को बेला सचेत रहन र सचेत बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
निरन्तर वर्षा भइरहेको र मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘खोलानाला तथा नदी किनारमा नजानुहोस्, लामो दूरीको अनावश्यक यात्रा नगर्नुहोस्, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्नुहोस् ।’
भारी वर्षाका कारण बाढी, पहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन पोख्रेलको अनुरोध छ ।
साथै, महासचिव पोख्रेलले आवश्यकता अनुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई विशेष अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4