
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपालले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि १० हजार बढी सदस्य खटाउने घोषणा गरेको छ।
- वाईसीएलका अध्यक्ष पुष्प ओलीले देशव्यापी उद्धार तथा राहत अभियान सुरु गर्ने विज्ञप्ति जारी गर्नुभएको छ।
- वाईसीएलले सदस्यहरूलाई खाद्यान्न, लत्ताकपडा र प्राथमिक उपचार सामग्री उपलब्ध गराउने र सबैलाई समन्वयमा सुरक्षाको कार्यमा जुट्न आह्वान गरेको छ।
१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका १० हजार बढी सदस्य बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिने भएका छन् ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले विज्ञप्ति निकालेर देशव्यापी उद्धार तथा राहत अभियान सुरु गर्ने घोषणा गरेका छन् । विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यहरूलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिने उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘संगठनमा आबद्ध सम्पूर्ण तह–तप्काका साथीहरू, विपद् क्त्ँ, सामाजिक संघ–संस्थाहरू, स्थानीय युवा क्लबहरू लगायत सबैलाई एकीकृत समन्वयका साथ जनताको सुरक्षाको कार्यमा जुट्न आह्वान गर्दछौँ ।’
प्राकृतिक विपद्का कारण मानवीय र भौतिक क्षति बढ्ने सम्भावनालाई मध्यनजर गर्दै वाईसीएलले आफ्ना सदस्यहरूलाई तयारी अवस्थामा रहन समेत भनिएको छ । वाईसीएलले बाढीपहिरो प्रभावितलाई खाद्यान्न, लत्ताकपडा, र प्राथमिक उपचार सामग्री उपलब्ध गराउने बताएको छ ।
प्रतिक्रिया 4