+

आर्सनल शीर्ष स्थानमा

२०८२ असोज  १९ गते ७:५० २०८२ असोज १९ गते ७:५०
आर्सनल शीर्ष स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डलाई २-० ले हराएको छ।
  • आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २-० गोलअन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको छ।
  • टोटनहामले लिड्स युनाइटेडलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ।

१९ असोज, काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

आर्सनलका लागि डेक्लान राइसले ३८औं मिनेटमा तथा बुकायो साकाले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि आर्सनल ७ खेलमा १६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । वेस्टह्याम ४ अंकसहित १९औं स्थानमा छ ।

म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा सन्डरल्यान्डलाई २-० ले हराएको हो । युनाइटेडको जितमा मेसन माउन्ट र बेन्जामिन सेस्कोले १-१ गोल गरे ।

माउन्टले आठौं मिनेटमा तथा सेस्कोले ३१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नै दोब्बर अग्रतामा राखेका थिए । त्यसपछि भने गोल भएनन् ।

जितपछि ७ खेलमा १० अंक भएको युनाइटेड नवौं स्थानमा छ । ११ अंक रहेको सन्डरल्यान्ड सातौं स्थानमा यथावत् छ ।

त्यस्तै टोटनहामले पनि लिड्स युनाइटेडमाथि २-१ को जित हासिल गरेको छ ।

२३औं मिनेटमा माथिस तेलले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा लिड्सका नोआ ओकाफोरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै टोटनहामलाई जित जिलाए ।

जितपछि ७ खेलमा १४ अंक भएको टोटनहाम तेस्रो स्थानमा छ भने ८ अंक भएको लिड्स १३औं स्थानमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग चेल्सी म्यान्चेस्टर युनाइटेड लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय