News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
- प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणबाट १० खेलाडी बाहिर राख्दै टोली चयन गरेका हुन् । बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेलेको टिमबाट ६ परिवर्तन गरिएको छ ।
- नेपालले भियतनाम विरुद्ध अक्टोबर ९ मा अवे म्याच र अक्टोबर १४ मा होम म्याच खेल्नेछ। दुवै खेल भियतनाममा हुनेछ ।
१९ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।
प्रशिक्षक म्याट रसले भियतनाम विरुद्ध हुने होम एण्ड अवे म्याचका लागि आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट १० खेलाडी बाहिर राख्दै अन्तिम टोली घोषणा गरेका हुन् ।
नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।
घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तय भएपनि दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।
नेपालले केही समयअघि बंगलादेश विरुद्ध घरेलु मैदानमा खेलेको टोलीबाट ६ परिवर्तन गरिएको छ । एएफसी यू-२३ एसियन कप छनोट खेल्दा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा नपरेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिश रत्न छुन्जु सिनियर टिममा फर्किएका छन् । यस्तै गोलकिपर विशाल सुनार, डिफेण्डरद्वय विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन् ।
बंगलादेश विरुद्ध खेलेको टिममा रहेका गोलकिपर टिकेन्द्र थापा, डिफेण्डर अमित लामा र रनदिन पौडेल तथा फरवार्डहरु आदित्य शाक्य, समिर तामाङ र सृजन राज बाहिरिएका छन् ।
नेपालको अन्तिम टोली : अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिक रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
प्रतिक्रिया 4