
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ।
- बैठकमा विपद्पछिको अवस्था, महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुनेछ।
- असोज ९ र १० गते केन्द्रीय समिति बैठकले समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो।
१९ असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ ।
बैठकमा विपद्पछिको अवस्थाका साथै पार्टीका अन्य विषयमा समेत छलफल हुनेछ । महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा समेत छलफल गर्न लागिएको छ ।
यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसागै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
अब बस्ने सचिवालय बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा समेत छलफल हुनेछ ।
प्रतिक्रिया 4