+
+
Shares

मनाङको प्रदेश सभा उपनिर्वाचन स्थगित

निर्वाचन आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १८:५२

१९ असोज, काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तय भएको मनाङ-२ को प्रदेश सभा उपनिर्वाचन स्थगित गरेको छ ।

आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त थियो ।

पछिल्लो बाढीपहिरो लगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धि कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?