+
+
Shares

रिलिज लगत्तै टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ बिक्रीमा उछाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपस्टार टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ रिलिजको एकदिनमै २७ लाख प्रति बिक्री भएको छ।
  • एल्बमले एकसातामा दोस्रो सर्वाधिक कमाउने एल्बमको कीर्तिमान राखेको छ र एडेलको ‘२५’ को रेकर्ड तोड्ने प्रयास जारी छ।
  • ‘द लाइफ अफ अ शो गर्ल’ ले एक हप्तामा सबैभन्दा धेरै भिनिल प्रति बिक्रीको रेकर्ड पनि कायम गरेको छ।

लस एन्जलस । पपस्टार टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अ शो गर्ल’ रिलिज भएसँगै यसले विश्वब्यापी चर्चा पाएको छ ।

एल्बमले एकसातामा दोस्रो सर्वाधिक कमाउने एल्बमको कीर्तिमान रचेको छ । त्यो पनि, रिलिजको एकदिन पछि !

बिलबोर्ड लुमिनेटका अनुसार, शुक्रबार मात्रै एल्बमका २७ लाख प्रति बिकेका छन् । यसले एडेलको कीर्तिमानबाहेक आफूसहित अन्य सबै संगीतकर्मीको रेकर्ड तोड्छ ।

एक हप्तामा सबैभन्दा धेरै एल्बम बिक्रीको रेकर्ड एडेलको ‘२५’ को नाममा छ, जसले सन् २०१५ मा आफ्नो पहिलो सात दिनमा ३४ लाख प्रतिहरू बिक्री गरेको थियो । स्विफ्टसँग त्यो रेकर्ड तोड्ने प्रयास गर्न अझै ६ दिन बाँकी छ ।

लुमिनेटका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ ले एक हप्तामा सबैभन्दा धेरै भिनिल प्रतिहरू बिक्री भएको रेकर्ड कायम गरेको छ, जसको १.२ मिलियन प्रतिलिपि गेट बाहिरै बिक्री भएको छ ।

एक हप्ताको लागि यो रेकर्ड यसअघि स्विफ्टको नाममा थियो, जसले गत वर्ष ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’ को पहिलो ७ दिनमा ८,५९,००० प्रति बेचेर यो रेकर्ड बनाएकी थिइन्, जुन उनले एक दिनमा ३ लाख भन्दा बढी प्रतिहरू बेचेर तोडिन् ।

समग्र संख्याको हिसाबले स्विफ्टको अघिल्लो उत्कृष्ट पनि ‘द टर्चर्ड पोएट्स’ नै थियो । सन् २०२४ मा सातामै २.६१ मिलियन युनिट बिक्यो र अहिले यी गायिकाले एकै दिनमा त्यो रेकर्ड तोडिसकेकी छन् ।

लुमिनेटका अनुसार, यी सबै व्यवसायिक अंक अमेरिकी बजारमा भएको कारोबारमा मात्र आधारित छ । यसको अर्थ, अन्तर्राष्ट्रिय बजारमा हुने बिक्रीको संख्या अझै उच्च हुनसक्छ ।

‘द लाइफ अफ अ शोगर्ल’ का धेरै संस्करण समय अगावै बिक्री भएका थिए, जसमध्ये धेरैजसो स्विफ्टको वेबस्टोरमार्फत सीमित संस्करणको रूपमा बिक्री भए जुन चाँडै नै सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?