+
इंग्लिस प्रिमियर लिग :

हालान्डको एकमात्र गोलमा सिटीको जित

२०८२ असोज  २० गते ७:४९ २०८२ असोज २० गते ७:४९
हालान्डको एकमात्र गोलमा सिटीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एर्लिङ हालान्डको एकमात्र गोलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि १-० को जित हासिल गरेको छ।
  • जितपछि म्यान्चेस्टर सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।
  • एभर्टनले क्रिस्टल प्यालेसलाई २-१, एस्टन भिल्लाले बर्नलीलाई २-१ र न्युकासलले नटिङहम फरेस्टलाई २-० ले हराएको छ।

२० असोज, काठमाडौं । एर्लिङ हालान्डको एकमात्र गोलमा म्यान्चेस्टर सिटीले गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डमाथि १-० को जित हासिल गरेको छ ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा पहिलो हाफको नवौं मिनेटमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि कुनै गोल भएनन् ।

जितपछि सिटी ७ खेलमा १३ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड ७ अंकसहित १६औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई तथा एस्टन भिल्लाले बर्नलीलाई समान २-१ ले हरायो भने न्युकासलले नटिङहम फरेस्टमाथि २-० को जित हासिल गर्‍यो ।

वुल्भ्स र ब्राइटनले १-१ गोलको बराबरी खेले ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय