News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली टोलीको बिदाइ गरेको छ।
- नेपालले अक्टोबर ९ मा भियतनाममा अवे म्याच र अक्टोबर १४ मा होम म्याच खेल्नेछ।
- प्रशिक्षक म्याट रसले २३ सदस्यीय टोली घोषणा गरेका छन् जसमा ६ खेलाडीमा परिवर्तन गरिएको छ।
२० असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराई लगायतले शुभकामना दिँदै नेपाली टोलीको बिदाइ गरे ।
कप्तान किरण चेम्जोङ बंगलादेशमा लिग खेल्न गएकोले बिदाइमा उपस्थित थिएनन् । उनी उतैबाट भियतनाम गएर टिममा सामेल हुने जनाइएको छ ।
नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।
प्रशिक्षक म्याट रसले भियतनाम विरुद्ध हुने होम एण्ड अवे म्याचका लागि आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तय भएपनि दशरथ रंगशाला अयोग्य भएपछि एएफसीले नयाँ न्युट्रल मैदान खोज्न एन्फालाई भनेको थियो ।
नेपालले केही समयअघि बंगलादेशविरुद्ध घरेलु मैदानमा खेलेको टोलीबाट ६ परिवर्तन गरिएको छ । एएफसी यू-२३ एसियन कप छनोट खेल्दा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा नपरेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिश रत्न छुन्जु सिनियर टिममा फर्किएका छन् । यस्तै गोलकिपर विशाल सुनार, डिफेण्डरद्वय विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन् ।
बंगलादेश विरुद्ध खेलेको टिममा रहेका गोलकिपर टिकेन्द्र थापा, डिफेण्डर अमित लामा र रनदिन पौडेल तथा फरवार्डहरु आदित्य शाक्य, समिर तामाङ र सृजन राज बाहिरिएका छन् ।
नेपालको अन्तिम टोली : अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4