News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढीमा संस्कार मन्टेश्वरी स्कुलको आयोजनामा असोज ३० देखि कार्तिक २ गतेसम्म खुला भलिबल प्रतियोगिता हुने भएको छ।
- प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउन पाउनेछन् र दर्ता शुल्क ३५०० रुपैयाँ तोकिएको छ।
- प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
२० असोज, धनगढी । धनगढीमा संस्कार खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रंगशालामा हुनेछ ।
कैलालीको गोदावरी-८ मा रहेको संस्कार मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउन पाउनेछन। प्रतियोगितामा सहभागी हुन ३५०० रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद २५ हजार, ट्रफी,मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।यसैगरी व्यक्तिगत विधातर्फ समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको संरक्षकमा जिल्ला भलिबल संघ कैलाली, मुख्य प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका धनगढी कैलाली, अफिसियल मिडिया पार्टनरमा समर्पण मिडिया धनगढी रहेका छन् ।
प्रतिक्रिया 4