+
+
Shares

माओवादी बैठकमा पार्टी एकता र चुनाव बारे प्रचण्डको ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा विस्तार, चुनाव र पार्टी एकताबारे केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन्।
  • प्रवक्ता अग्नि सापकोटाले प्रचण्डले दुई दिनपछि सचिवालयको बैठक बस्ने र पार्टीलाई एकताबद्ध गर्दै समाजवादी मोर्चा विस्तार गर्ने बताएको जानकारी दिए ।
  • निर्वाचन सफल पार्न सबै राजनीतिक दलसँग छलफल गरिएको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए।

२० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा विस्तार, चुनाव र पार्टी एकता बारे केन्द्रीय समिति बैठकमा ब्रिफ्रिङ गरेका छन् ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले समाजवादी चुनाव, मोर्चा विस्तार र केही पार्टीसँग एकताबारे ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘समाजवादी मोर्चालाई विस्तार गर्ने, पार्टी एकताका सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो,’ प्रवक्ता सापकोटाले जानकारी दिए ।

उनले दुई दिनपछि फेरि सचिवालयको बैठक बस्ने जानकारी दिए ।

अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौती आएको प्रवक्ता सापकोटाले बताए । ‘यसले रूपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्छौं,’ उनले भने ।

सापकोटाले समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताए । ‘विचार मिल्नेहरुसँग एकताका लागि सकारात्मक छलफल भइरहेको छ ।’

सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरू सहमत नै रहेको जानकारी दिए । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उनले बताए । ‘निर्वाचन बारे नेपाली कांग्रेस, नेकपा एमालेको केन्द्रीय समितिको बैठबाट पनि ती दलहरूले आफ्नो धारणा स्पष्ट राख्नेछन्,’ उनले भने ।

निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलहरुसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?