+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
४३ बलमा ८४ रन आवश्यक
चितवन राइनोज 2025
86/4 (12.5)
Shares

दशैंको दक्षिणा म्युचुअल फन्डमा गर्न सकिन्छ लगानी, यी हुन् सस्ता योजना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:४६

२० असोज, काठमाडौं । तपाईसँग जम्मा १ हजार रुपैयाँ छ भने पनि त्यो रकम म्युचुअल फन्डको इकाइ खरिद गरेर लगानी सुरुवात गर्न सक्नुहुन्छ ।

१ हजार रुपैयाँको लगानीले ठूलो लाभ नमिल्ला, तर लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीको बानी विकासले आउने प्रतिफल, सो सम्पत्तिको मूल्य वृद्धिजस्ता पक्षबारे बुझ्न सघाउ पुग्छ।

म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबारको निर्णय गर्छन् ।

मुक्तिनाथ क्यापिटलका सीईओ कविन्द्र ध्वज जोशीका अनुसार विश्लेषणका क्रममा प्राविधिकभन्दा पनि आधारभुत विषयलाई प्राथमिकता दिइने गरेको छ । केही कम्पनीका सेयर भने म्युचुअल फन्डले पनि कारोबारकै लागि किन्ने गर्छन् । ‘छोटो अवधिको कारोबारका लागि छुट्याइने फन्ड तुलनात्मक रुपमा कम नै हुन्छ’ उनले भने ।

प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ हुने म्युचुअल फन्ड कम्तीमा १ सय इकाइ किनेर लगानी सुरुवात गर्न सकिन्छ । हाल बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा पनि म्युचुअल फन्डका इकाइ खरिद गर्न सकिन्छ ।

म्युचुअल फन्डका इकाइ बिक्री गरेर जम्मा हुने रकम विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी हुन्छ । अर्थात् म्युचुअल फन्डले संकलन गरेको रकम विविध क्षेत्रमा लगानी गर्छन् । त्यसरी लगानीबाट आएको नाफा इकाइधनीलाई दिन्छन् ।

तसर्थ म्युचुअल फन्डमा गरेको लगानीबाट बर्सेनि लाभांश पाइन्छ । सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले विगतमा एकै वर्ष ५० प्रतिशतसम्म लाभांश दिएको इतिहास छ । म्युचुअल फन्डको संकलित रकममध्ये अधिकांश (८० प्रतिशत हाराहारी) सेयरमा लगानी गर्छन् ।

म्युचुअल फन्ड पनि दुई किसिमका हुन्छन् । बन्दमुखी र खुलामुखी योजना । बन्दमुखी योजना सेयर बजारमा किन्न र बेच्न पाइन्छ । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ ।

बजारमा खुलामुखी योजना खरिद बिक्री हुँदैन । सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) गर्नेले यिनै खुलामुखी योजना खरिद गर्ने हो । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट डिम्याट खातामा जम्मा हुँदै जान्छ ।

हाल बजारमा ३९ वटा बन्दमुखी योजना सूचीकृत छन् । अरु १० वटा खुलामुखीसहित कुल ४९ वटा योजना सञ्चालनमा छन् । म्युचुअल फन्डका योजना थपिँदै गर्दा उनीहरुको कुल सम्पत्ति तथा सेयरमा लगानी पनि बढ्दै गएको छ ।

प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) भन्दा बन्दमुखी योजना १५/२० प्रतिशत छुटमा बजारमा किन्न पाइने गरेको छ । यी बन्दमुखी योजनाको परिपक्व अवधि सकिएपछि न्याभ बराबरकै मूल्य पाइन्छ ।

यी हुन् बजारका सस्ता म्युचुअल फन्ड

म्युचुअल फन्ड बजार मूल्य रुपैयाँ मासिक न्याभ रुपैयाँ
एनआईसी एसिया ग्रोथ फन्ड २ ८.६१ १०.५८
एनआईबीएल समृद्धि फन्ड २ ८.७० १०.७७
एनआईबीएल स्टेबल फन्ड ८.७० १०.२८
एनआईबीएल ग्रोथ फन्ड ८.८० ११.०३
मेगा म्युचुअल फन्ड १ ८.८६ ११.१८
एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड ८.८८ १०.४६
कुमारी सबल योजना ८.९० ११.३९
मुक्तिनाथ म्युचुअल फन्ड १ ८.९६ १०.५२
एनआईसी एसिया सेलेक्ट फन्ड ३० ९.०३ १०.०८
एनएमबी हाइब्रिड फन्ड एल २ ९.०९ १०.४१
आरबीबी म्युचुअल फन्ड २ ९.०५ १२.०२
गरिमा समृद्धि योजना ९.०८ १०.१६
सनराइज ब्लुचिप फन्ड ९.०९ १०.१०
एनआईसी एसिया ब्यालेन्स्ड फन्ड ९.१० १०.२१
एमबीएल इक्वीटी फन्ड ९.१८ १०.६०
सानिमा लार्ज क्याप फन्ड ९.२२ १२.३७
कुमारी इक्वीटी फन्ड ९.२५ ११.३६
लक्ष्मी भ्यालु फन्ड २ ९.२५ १०.७७
सनराइज फोकस्ड इक्वीटी ९.२५ १२.१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?