News Summary
Generated by OK AI. Editorially reviewed.- अक्टोबर १९ देखि भारतसँग हुने घरेलु ओडिआई र टी-२०आई शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ।
- ओडिआई टोलीमा म्याट रेन्शअ र मिचेल स्टार्क पुनरागमन भएका छन्।
- टी-२०आई टोली पहिलो दुई खेलका लागि मात्र घोषणा गरिएको छ र ग्लेन म्याक्सवेल चोटपछि पछि फर्कने अपेक्षा गरिएको छ।
२१ असोज, काठमाडौं । यही अक्टोबर १९ देखि सुरु हुने भारतसँगको घरेलु ओडिआई र टी-२०आई शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।
क्रिकेट अस्ट्रेलियाले मंगलबार टोलीको घोषणा गरेको हो । ३ खेलको ओडिआई शृंखलाका लागि टोलीमा म्याट रेन्शअ पनि परेका छन् भने मिचेल स्टार्कले पनि पुनरागमन गरेका छन् ।
त्यस्तै ५ खेलको टी-२०आई शृंखलामध्ये २ खेलका लागि मात्र टोली घोषणा भएको छ । चोटका कारण न्युजिल्यान्डसँगको शृंखला गुमाएका ग्लेन म्याक्सवेल त्यसपछिका ३ खेलका लागि फर्कन सक्ने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियाले पछिल्लोपटक सेप्टेम्बरमा दक्षिण अफ्रिकासँग ओडिआई खेलेको थियो । त्यस्तै अघिल्लो साता न्युजिल्यान्डसँग ३ खेलको टी-२०आई शृंखला खेलेको थियो ।
ओडिआई टोली: मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, एलेक्स केरी, कूपर कोनोली, बेन डारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवूड, ट्राभिस हेड, जोश इंग्लिस, मिचेल ओवेन, म्याथ्यु रेन्शह, म्याथ्यु शर्ट, मिचेल स्टार्क, एडम जाम्पा।
टी-२०आई टोली (पहिलो दुई खेलका लागि): मिचेल मार्श (कप्तान), शन एबट, जेभियर बार्टलेट, टिम डेभिड, बेन डारशुइस, नाथन एलिस, जोश हेजलवूड, ट्राभिस हेड, जोश इंग्लिस, म्याथ्यु कुहनेमन, मिचेल ओवेन, म्याथ्यु शर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा।
प्रतिक्रिया 4