+

एसियन कप छनोटको दुई खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

२०८२ असोज  २१ गते १०:५६ २०८२ असोज २१ गते १०:५६
एसियन कप छनोटको दुई खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबल टोली एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको दुई खेल खेल्न २१ असोजमा भियतनाम प्रस्थान गरेको छ।
  • नेपालले अक्टोबर ९ मा भियतनामको बिन दुंग रंगशालामा अवे म्याच र अक्टोबर १४ मा भियतनाममै होम म्याच खेल्नेछ।
  • ४० जनाको जम्बो टोलीमा २३ खेलाडी र ८ डेलेगेट्स छन्, जसमा एन्फा उपाध्यक्ष दीपक खतिवडा र सदस्य महेन्द्र क्षेत्री पनि छन्।

२१ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने दुई (होम र अवे) खेल खेल्न नेपाली टोली भियतनाम प्रस्थान गरेको छ ।

नेपाली टोली मंगलबार विहान भियतनाम प्रस्थान गरेको हो । २३ खेलाडीसहित ४० जनाको जम्बो टोली यसपटक भियतनाम गएको छ ।

नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ ।

भियतनामसँग अवे म्याच सँगै नेपालको होम म्याच पनि भएको भन्दै एन्फाले यसपटक ४० जनाको जम्बो टोली भियतनाम पठाएको हो । जहाँ ३२ जनाको नियमित टोली बाहेक ८ डेलेगेट्स पनि समावेश छन् ।

२३ खेलाडीसहित म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, डाक्टर, फिजियो, एनालिस्ट, किट म्यानेजर र एक मिडिया अफिसर मुख्य टोलीमा छन् ।

त्यसबाहेक डेलेगेट्सको सूचीमा ८ जना छन् । जसमा एन्फा एन्फा उपाध्यक्ष दीपक खतिवडा र एन्फा सदस्य महेन्द्र क्षेत्रीसँगै राजुमान तुलाधार, हितमान गुरुङ, नितेश रावल, कर्णबहादुर बस्नेत, रमाकान्त चौधरी र रमेशकुमार श्रेष्ठ रहेका छन् ।

एन्फा पदाधिकारी बाहेक अन्य व्यक्ति विभिन्न क्लब र जिल्लाका छन् । उनीहरुको खास काम नखुलाइए पनि आसन्न निर्वाचनमा भोटलाई लक्षित गर्दै पदाधिकारी विदेश पठाइएको हो । विगतमा पनि यस्तै भएको थियो ।

जम्बो टोली पठाएपनि एन्फाले उनीहरुको स्पष्ट जिम्मेवारी तोक्न नसक्दा आलोचित हुँदै आएको छ । यसअघि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई विदेश जाँदा जम्बो टोली नपठाउन भनेपनि यसपटक भने जम्बो टोली नै जाँदैछ ।

नेपाली टिमका मुख्य पशिक्षक म्याट रसले भितनामसँग खेल्न तयार रहेको र राम्रो प्रदर्शनको आशा राखेका छन् । यस्तै उपकप्तान रोहित चन्दले विपक्षी टिम कठिन भएको र खेल टफ हुने बताए । उनले घरेलु मैदानमा खेल्न नपाउँदा नेपालले होम म्याचको एडभान्टेज गुमाएको बताए ।

तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

नेपालको अन्तिम टोली : अभिषेक लिम्बु, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पी जङ कार्की, किरण कुमार लिम्बु (गोलरक्षक), कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुबास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय