News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन्।
- इन्दुले मलेसियासँगको खेलमा ४८ रनको अविजित इनिङ खेलेर १००० रन पुरा गरेकी हुन्।
- उनी ७७ खेलमा १०४३ रन बनाएकी छन् र पहिलो नेपाली खेलाडी हुन् जसले यो उपलब्धि हासिल गरेकी छन्।
२१ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो ।
उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ ।
उनीभन्दा पछाडि सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।
१८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ को छ ।
प्रतिक्रिया 4