+
+
Shares

बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन जनमोर्चाको माग

राष्ट्रिय जनमोर्चाले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १२:४१
फाइल तस्वीर

२१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

जनमोर्चाले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारणले जनधनमा गम्भीर क्षति पुगेकोप्रति गहिरो दुःख प्रकट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो ।

‘संसारमा जलवायु परिवर्तनको जुन गम्भीर समस्या बढ्दै गइरहेको छ, त्यसबाट विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामी आदि जस्ता गम्भीर समस्याहरू देखा पर्दै गइरहेका छन् । अहिले नेपालमा देखा परेको अतिवृष्टि पनि विश्वव्यापी रूपमा देखा परेको त्यही प्रकारको जलवायु परिवर्तनको परिणाम हो । त्यसकारण तात्कालिक रूपमा अहिले नेपालमा भारी वर्षाका कारणले पुगेको क्षतिप्रति विशेष कदम उठाउन सरकारको ध्यान आकर्षित गर्न चाहन्छौं,’ विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?