+
+
Shares

कलेजो प्रत्यारोपण गर्ने खर्च अभाव, सहयोगको याचना गर्दै कमला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमला मोक्तानलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् र खर्च अभावका कारण उपचारमा समस्या भएको छ।

कमला मोक्तान कलेजोको गम्भीर समस्यासँग जुधिरहेकी छिन् । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने चिकित्सकले बताएका छन् । प्रत्यारोपणका लागि अन्य व्यवस्था मिलाए पनि खर्च अभाव भएको उनले बताएकी छिन् ।

कलेजो प्रत्यारोपणका लागि मात्र करिब ३५ लाख रुपैयाँ जरुरी हुन्छ । ‘यतिका पैसा मैले कहाँ जुटाउने ? भएको पैसा अहिलेसम्म उपचार गर्दागर्दै सकियो’ कमलाको दुखेसो छ । कमलाको उपचार हाल त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

‘दाइले कलेजो दान दिने र प्रत्यारोपणको यही शुक्रबार हुने भनिएको थियो’ कमला भन्छिन्, ‘तर पैसाको कारण प्रत्यारोपण हुन सकेन ।’ २९ वर्षीया कमला एक छोराकी आमा हुन् । सामान्य किराना पसल चलाएर गुजारा गरिरहेको बताउँछिन् ।

उनलाई कलेजोको रोग लागेको ५–६ वर्ष भइसकेको छ । निजी अस्पतालमा परीक्षण गराउँदा रोग पत्ता लागेको थिएन । उनी भन्छिन्, ‘डाक्टरले औषधि खादै गर्नु, अब जिन्दगीभर यस्तै हो । गाह्रो हुँदा अस्पताल आउनु भनेका थिए ।’ त्यही अनुसार उनले लामो समयदेखि औषधि खाइरहेकी थिइन् ।

तीन महिना अघि पेट फुल्न थाल्यो । थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगिन् । त्यहाँ परीक्षण गरेपछि थाहा भयो, उनको कलेजो खराब भइसकेको छ । औषधि वा सामान्य उपचार गरेर मात्रै ठिक नहुने चिकित्सकले बताए । ‘मेरो कलेजो प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा रहेछ’ कमला भन्छिन्, ‘प्रत्यारोपण अगाडि पनि अर्को सानो शल्यक्रिया गर्नुपर्ने भयो ।’

रगतको नसामा अवरोध आएर रक्तसंचार नभएपछि कलेजो बिग्रिएको चिकित्सकले बताए । गएको भदौमा उनले नसा खुलाउने शल्यक्रिया गराइन्, जसमा साढे तीन लाख रुपैयाँ खर्च भयो ।

‘७, ८ लाख रुपैयाँ त विभिन्न परीक्षणमा सकियो’ उनी सुनाउँछिन्, ‘अब ५ लाख जति बाँकी होला । जबकि शल्यक्रियाका लागि मात्र अस्पतालमा ३५ लाख रुपैयाँ जम्मा गर्नुपर्नेछ ।’ शल्यक्रिया र बाँकी उपचार गरेर ५० लाख रुपैयाँ जति लाग्ने उनको अनुमान छ । ‘यत्तिको पैसा जुटाउने क्षमता हामीसँग छैन’ कमला भन्छिन्, ‘कहाँबाट, कसरी ल्याउने ? केही स्रोत छैन ।’

उनका आफन्त र नजिकका साथीहरूले अहिले ‘कमला बचाऊ’ अभियान सुरु गरेका छन् र त्यसमा आवश्यक सहयोगका लागि याचना गरिएको छ ।
कमलाले सडक कुकुरहरूलाई खाना खुवाउने र स्यहारसुरा गर्ने काम गर्दै आएकी थिइन् । आफ्नै किरना पसलको कमाइबाट सडक कुकुरका लागि पनि खर्च निकाल्ने गरेको उनले बताइन् ।

‘अहिले आफ्नै अवस्था यस्तो भयो’ कमला भन्छिन्, ‘एकातिर रोगसँग लड्नु परेको छ, अर्कोतिर पैसा कसरी जुटाउने भन्ने चिन्ता छ ।’

कमला लामा सप्पर्क : 9803331323

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?