
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा दशैंमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको ४५ हजार खसीबोका बिक्री भएका छन्।
- नेपाल व्यावसायिक बाख्रापालक महासंघले ५० हजार बिक्री लक्ष्य राखे पनि बिक्री केही कम भएको जानकारी दिएको छ।
- सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजनीतिक अस्थिरता कारण दशैंमा खसीबोका बिक्री नगर्ने निर्णय गरेको थियो।
२१ असोज, काठमाडौं । यसपालि दशैंमा काठमाडौं उपत्यकामा १ अर्ब ३० करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।
दशैंको एक सातामा नेपाल व्यावसायिक बाख्रापालक महासंघले ४५ हजार संख्यामा खसीबोका बिक्री गरेको जानकारी दिएको छ ।
महासंघ अध्यक्ष गोविन्द सुवेदीले ५० हजार संख्यामा बिक्री लक्ष्य राखे पनि केही कम बिक्री भएको बताए ।
‘गत वर्ष दशैंमा ५० हजार खसीबोका बिक्री भएको थियो, तर यसपालि गत वर्षको तुलनामा खसीबोका खपत अलि कम भयो,’ उनले भने ।
यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्यांग्रा बिक्री गरेन । मुख्य सडक खण्डहरू अवरुद्ध हुनु र देशमा देखिएको राजनीतिक अस्थिरता (जेनजी आन्दोलन) कारण देखाउँदै कम्पनीले यस्तो निर्णय गरेको थियो ।
यसअघि कम्पनीले दशैंका लागि करिब ४ करोड ७७ लाख रुपैयाँ बराबरका १ हजार ३ सय बढी खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको थियो ।
खाद्य कम्पनीले खसीबोका नबेच्ने निर्णय गरेपछि निजी व्यवसायीले बिक्री गरेका थिए ।
प्रतिक्रिया 4