+

टेबलटेनिसका ६ जना खेलाडी प्रशिक्षणका लागि छनोट

२०८२ असोज  २१ गते १७:०६ २०८२ असोज २१ गते १७:०६
टेबलटेनिसका ६ जना खेलाडी प्रशिक्षणका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि ६ नेपाली खेलाडी छनोट भएका छन्।
  • नेपाल एपीएम क्लबको आयोजनामा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा उमेरसमूहका पहिलो खेलाडीहरू छनोट भएका थिए।
  • शिविर मे १६ देखि २६ तारिखसम्म हुनेछ र सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन्।

२१ असोज, काठमाडौं । विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।

नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।

यु–१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गर्ल्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यु–१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गर्ल्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए ।

यु–१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गर्ल्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।

प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।

वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय