+
+
Shares

जेनजीलाई फुटाउने प्रयास नगरियोस् : सुदन गुरुङ

‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्; हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी युवाका नेता सुदन गु/\'ङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने र जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन्।
  • सुदन गुरुङले यस्ता कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने र आन्दोलन सधैं शान्तिपूर्ण हुने बताएका छन्।
  • उनले राजनीतिक दलहरूलाई अहिले राजनीतिक षड्यन्त्र गर्ने र गराउने समय नभएको भन्दै फुटाउने प्रयास नगर्न चेतावनी दिएका छन्।

२१ असोज, काठमाठमाडौं। जेनजी युवाका नेता सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्‍दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै सुदनले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘ हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं । हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ ।’

उनले यस्ता कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताएका छन् । साथै, आन्दोलन सधैं शान्तिपूर्ण हुने उनको भनाइ छ ।

‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।

यस्तै उनले राजनीतिक दलहरूलाई अहिले राजनीतिक षड्यन्त्र गर्ने र गराउने नभएको भन्‍दै फुटाउने प्रयास नगर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन, अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?