
२२ असोज, काठमाडौं । नेकपा एमाले निकटको राष्ट्रिय युवा संघले नेपोबेबीको ट्रेन्ड काठमाडौं महानगरका प्रमुख बालेन साहको पनि सुरु हुनुपर्ने जनाएको छ ।
युवा संघले बुधबार पत्रकार सम्मेलन गरेर बालेन शाहको काठमाडौं र मधेशमा भएको घर जग्गाको बारेमा प्रश्न उठाएको हो ।
संघका उपाध्यक्ष महाराज गुरुङले बालेन साहको सम्पत्ति माथि पनि प्रश्न उठाएका हुन् ।
बालेनका बुबा कर्मचारी रहेको व्यक्तिको काठमाडौंमा घर कसरी बन्यो भनी प्रश्न गुरुङले गरे । ‘नेपो बेबीको ट्रेन्ड चलाउनुपर्छ भने बालेन साहबाट चलाउनुपर्दछ । देशलाई षडयन्त्र गरेर भड्खालोमा हाल्ने बालेन साहको पनि ट्रेन्ड चलाउनुपर्दछ ।’
मेयर साहले कालो चश्मा लगाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेर अराजकता मच्चाएको उनले बताए ।
वर्तमान सरकार चुनाव गराउने निर्माण भएपनि त्यसप्रति जिम्मेवार नदेखिएको गुरुङले आरोप लगाए । २१ फागुनमा गरेरै जाने हो भने युवा संघ सघाउन तयार रहेको उल्लेख गर्दै अहिलेका प्रधानमन्त्री र मन्त्रीसँग एउटै क्षेत्रबाट चुनाव लड्ने चेतावनी दिए ।
‘सुशीला कार्की कुन ठाउँबाट लड्ने हो ? महाराज गुरुङ त्यही ठाउँबाट लड्न तयार छ । अहिलेका गृहमन्त्री जहाँबाट चुनाव लड्ने हो, महाराज गुरुङ त्यही ठाउँबाट लड्न तयार छ,’ उपाध्यक्ष गुरुङले भने ।
सुदन गुरुङ, कुलमान घिसिङ र बालेन साह पनि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए । चुनावका लागि राजनीतिक दलसँग संवाद नगरिएको प्रति आपत्ति जनाइएको थियो ।
सरकारी सम्पत्ति तथा नेताहरूको घरमा आगजनी प्रति आपत्ति जनाउँदै गुरुङले भने, ‘हामीले पनि आन्दोलन गरे तपाईंहरूको घर पनि बच्छ त ?’
प्रतिक्रिया 4