+
+
Shares

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा प्रिमियम रकम कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गर्न सकिने जनाएको छ।
  • कोषले बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने स्पष्ट पारेको छ।
  • नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ अनुसार राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाउँदै सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आएको छ।

२२ असोज, काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’वापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ ।

अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ ।

नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष सञ्चालन गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?