+

केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने

२०८२ असोज  २२ गते २०:०५ २०८२ असोज २२ गते २०:०५
केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभीआर समिट च्यालेन्ज अक्टोबर ११ देखि सुरु हुनेछ।
  • प्रतियोगितामा २० देखि ३० किलोमिटर दूरीको दौड र ७–१० किलोमिटरको परिवारमैत्री फन रन/हाइक समावेश हुनेछ।
  • अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतसहित १३ देशका ८० भन्दा बढी धावकले दर्ता गरिसकेका छन्।

२२ असोज, काठमाडौं । ट्रेलमान्डु नेपालले आयोजना गर्ने केभीआर समिट च्यालेन्ज शनिबारदेखि सुरु हुने भएको छ। यो हरेक महिना आयोजना हुने ट्रेल रनिङ प्रतियोगिता हो।

‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ भन्ने नारासहित आयोजना गरिने प्रतियोगितामा काठमाडौं उपत्यकालाई घेर्ने पाँच पहाड- फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने २० देखि ३० किलोमिटर दूरीको दौड समावेश छ।

यसअघि ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यस वर्ष आयोजकले प्रतियोगितालाई परिवारमैत्री बनाउन लक्ष्य राखेको छ, जसअन्तर्गत सहभागीहरूले फरक–फरक दूरीमा दौड्न वा पैदल हिँड्न सक्नेछन्।

नयाँ धावक र परिवारका लागि ७–१० किलोमिटरको फन रन/हाइक पनि राखिएको छ। हालसम्म अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले दर्ता गरिसकेका छन्।

रेस निर्देशक आशिष मिश्रका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनका अनुसार प्रतियोगिताको उद्देश्य नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्द्धन गर्नु हो।

केभीआर समिट च्यालेन्जमा यस वर्ष पाँच चरण रहनेछन् — पहिलो रेस अक्टोबर ११, दोस्रो नोभेम्बर ८, तेस्रो डिसेम्बर ८, चौथो जनवरी १० र पाँचौँ फेब्रुअरी १ मा हुनेछ।

केभीआर समिट च्यालेन्ज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय