News Summary
Generated by OK AI. Editorially reviewed.- आसाेज २६ गते बेलबारी-११ स्थित लक्ष्मीमार्गको प्रस्तावित रंगशालामा आठौं बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २०८२ सुरु हुनेछ।
- उद्घाटन खेलमा एल एक्स सिटी फुटबल क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल कात्तिक १ गते हुनेछ।
- विजेता टोलीले नगद आठ लाख र उपविजेताले चार लाख पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
२३ असोज, काठमाडौं । आठाैं बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गाेल्डकप २०८२ काे खेल तालिका सार्वजनिक गरिएकाे छ ।
बेलबारी-११ स्थित लक्ष्मीमार्गकाे प्रस्तावित रंगशालामा असाेज २६ गते देखि हुने प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक गरिएकाे हाे । असाेज २६ गते हुने उद्घाटन खेलमा आयाेजक एल एक्स सिटी फुटबल क्लब र भारतकाे लिजेण्ड फुटबल एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै असाेज २७ गते हुने दाेस्रो दिनकाे खेलमा साविक विजेता झापा–११ फुटबल क्लब झापा र भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर बिच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै असाेज २८ गते हुने खेलमा बी डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड र रारा फुटबल क्लब राजारानी धनकुटाबीच हुनेछ भने असाेज २९ गते सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेड ललितपुर प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियाेगिताकाे फाइनल खेल कात्तिक १ गते हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन र टुबाेर्ग प्रायाेजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पुरस्कार रहेकाे क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोलकिपरले ११ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षकले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ, उदीयमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याचलाई ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने एल.एक्स. फुटबल क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।
प्रतिक्रिया 4