+
+
Shares

हेर्नुहोस् दशक पुराना बेल्टारका काठेघर

सापेक्ष सापेक्ष
२०८२ असोज २३ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेल्टार, कल्याण चोकमा रहेका दशक पुराना काठे घरहरू उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा छन्।
  • यी घरहरू प्राय: व्यापारी र भूपू सैनिकहरूले सालको काठबाट बनाएका थिए।

लस्करै रहेका काठको टाडे घर । ती सबैको छाना प्राय: खैरो भइसकेको छ । जुन पुरानो भएको सत्य हो । तर, त्यसले श्वेत रङको काठे घरलाई थप सज्जा दिएको छ ।

घरको अघिल्लो भागमा फरक-फरक रङ पोतिएको छ । बार्दलीको रेलिङ, घरअगाडिको भागमा स-साना गमलाका बोटबिरुवा रोपिएका छन् । त्यो बार्दली पनि काठकै बनाइएको छ । जुन अधिकांश बुट्टेदार छन् ।

 

भुइँतलामा इँटा हालिएका भित्ता छन् । प्लास्टर गरिएको । यस प्रकृतिको घर अघिल्तिर केही ठाउँ छोडिएको छ । ती आँगनका भाग हुन् । कतै-कतै पसलका लागि काठकै ढोकाहरू राखिएका छन् । अनि कुनै घरहरू भने मान्छे नबस्ने भएकाले त्यति व्यवस्थित देखिँदैनन् ।

यी सबै घरहरू बेल्टार, कल्याण चोकका हुन् । जुन उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ मा पर्छ । करिब एउटै उचाइ भएका र सडक छेवैमा लस्करै उभिएका यी घरहरू हेर्दा नेपालको फरक वास्तुशैली भान हुन्छ ।

बजार क्षेत्र नजिकै भएका यी घरहरू दशक पुराना हुन् । स्थानीयका अनुसार यी घर प्राय: व्यापारी, भूपू सैनिकहरूले बनाएका थिए । अधिकांश घर सालको काठबाट बनाइएका छन् । तर अहिले त्यस्ता घरलाई भत्काएर पक्की घर बनाउने क्रम: बढेको छ ।

रूखहरू काट्न नपाइने, काठ महँगो पर्ने भएकाले अब यस्ता काठे घर बनाउन नसकिने स्थानीय सानबहादुर राई बताउँछन् । तर यी काठेघरहरू जगमा धेरै खम्बाहरू प्रयोग गरिने भएका कारण बलियो हुने उनको भनाइ छ ।

हेर्नुहोस् बेल्टारमा अवस्थित काठेघरहरू

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?