+
+
Shares

पहिलो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ११:३३

२३ असोज, काठमाडौं । पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत अर्थात् १०२ अंक बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर खुलेको बजार सम्हालिएको हो । ११ : ३० बजेसम्म नेप्से ५० अंक बढेको छ । सो वृद्धिपछि २६०९ अंकमा छ ।

अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा आज सकारात्मक संकेत देखिएको हो ।

११ : ३० बजेसम्म १ अर्ब १० करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?