+

टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान

२०८२ मंसिर  ९ गते १४:१८ २०८२ मंसिर ९ गते १४:१८
टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन्।
  • विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए र हालसम्म १०६ खेलमा ३१०० भन्दा बढी रन र १०२ विकेट लिएका छन्।
  • उनले मंगलबार बहराइनविरुद्ध ३ विकेट लिएपछि १००औं विकेटको कीर्तिमान पनि पार गरेका छन्।

९ मंसिर, काठमाडौं । मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनी ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

३००० रन यसअघि नै पूरा गरेका विरानदीपले मंगलबार भएको बहराइनसँगको टी-२०आई खेलमा १००औं विकेटको कोशेढुंगा पनि पार गरे ।

२६ वर्षीय विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए । उनले हालसम्म १०६ खेलमा ३१०० भन्दा बढी रन बनाइसकेका छन्, जसमा १ शतक र २२ अर्धशतक समावेश छन्।

यस्तै उनले मंगलबार बहराइनविरुद्ध ३ विकेट लिएपछि विकेट संख्या पनि १०२ पुर्‍याएका छन् ।

टी-२०आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी विश्वकै शीर्ष १० मा छन् । सन्यास लिइसकेका भारतीय ब्याटर रोहित शर्मा १५१ इनिङमा ४२३१ रनका साथ शीर्षमा छन् ।

विरानदीप एसोसियटका उत्कृष्ट टी-२० ब्याटरमध्ये एक हुन् । मलेसियाले उल्लेखनीय उपलब्धि हासिल गर्न बाँकी भएपनि व्यक्तिगत रूपमा विरानदीप भने स्टार खेलाडीका रूपमा चिनिएका छन् ।

विरानदीप सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय