
News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तोष सेन निर्देशित फिल्म 'बलिदान'ले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ।
- फिल्म 'बलिदान'को लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन्।
- दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता'ले १० दिनसम्म ३ करोड ७५ लाख ४६ हजार २२२ रुपैयाँ र मिलन तामाङ निर्देशित 'माइतीघर'ले २ करोड ६८ लाख १५ हजार ९१३ रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । सिनेपाः बक्सअफिसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को ग्रस कमाइ ४ करोड नाघेको छ ।
बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरणअनुसार, समीर भट्ट स्टारर फिल्मले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ ।
यो फिल्मको लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन् । यसो हो भने, लगानी उठाउन फिल्मले बक्सअफिसमा मात्र कम्तीमा १४ करोड नेरु ग्रस कमाउनुपर्छ ।
दशैं बक्सअफिसमा दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ले १० दिनसम्म ३ करोड ७५ लाख ४६ हजार २२२ रुपैयाँ ग्रस कमाएको छ ।
मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ले सोही अवधिसम्म २ करोड ६८ लाख १५ हजार, ९१३ रुपैयाँ ग्रस कमाएको बक्सअफिसमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4