
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खज्र्याङ्ग सडक असोज २४ देखि कात्तिक २३ गतेसम्म स्तरोन्नतिको लागि बन्द गरिएको छ।
- रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नम्बर ११ जन प्रावि स्कुलसम्मको सडकमा आरसीसी ढलान गरी स्तरोन्नती गरिँदै छ।
- सडक बन्द अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ र विभिन्न वैकल्पिक मार्गहरू उपलब्ध गराइएको छ।
२४ असोज, रेसुङ्गा । गुल्मीको तम्घास–सिमिचौर–राङ्गबास–खर्ज्याङ्ग सडक स्तरोन्नतिका लागि आजदेखि एक महिना बन्द गरिएको छ ।
तम्घास–सिमिचौर–राङ्गवास–खर्ज्याङ्ग सडक यही आज असोज २४ देखि कात्तिक २३ गतेसम्म बन्द हुने सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दिपक खड्काले जानकारी दिए ।
उनका अनुसार रेसुङ्गा नगरपालिका–१० मैदानदेखि वडा नम्बर ११ जन प्रावि स्कुलसम्मको सडकखण्डमा आरसीसी ढलान गरी सडक स्तरोन्नती गरिँदै छ । राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक स्तरोन्नतिको जिम्मा पाएको छ ।
कार्यालयले सडक बन्द हुने अवधिभर वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । विकल्पको रुपमा राङ्गबास फेँदीसम्मका स्थानीय सवारीले मैदान–हर्राबोट–सपौदी र राङ्गबास फेदी सडक प्रयोग गर्न सक्छन् ।
यसैगरी रिडी–पाल्पा अर्घाखाँची तर्फका सवारी साधनले घुम्ती–चारपाला–खर्ज्याङ्ग तथा तम्घास–बलेटक्सार–रिडी वैकल्पिक सडक प्रयोग गर्न सकिने पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख खड्काले जानकारी दिए ।
प्रतिक्रिया 4