+
+
Shares

संसद् भवनको भाडा सम्झौता रद्द

शहरी विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन एवं व्यवस्थापन समितिसँग संसद् सचिवालयले भाडा सम्झौता गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १५:१२

२४ असोज, काठमाडौं । नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) को खण्ड (ख) बमोजिम सम्झौता रद्द गरिएको व्यहोरा सचिवालयले जनाएको छ ।

भदौको अन्तिम सातादेखि लागू हुनेगरी सम्झौता रद्द भएको संसद् सचिवालयले बताएको छ । यो भवन ०६४ सालेदखि प्रयोग हुँदै आएको थियो ।

वार्षिक १६ करोड ५० लाखमा सम्झौता भएको यो भवनको कानून आयोगले प्रयोग गरेको घटाएर वार्षिक रु १४ करोड ९८ लाख २९ हजार ७०६ रुपैया तिर्ने गरेको थियो ।

भवनको वार्षिक सम्झौता नवीकरण हुने गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा भने भाडा १० प्रतिशत वृद्धि भएको थियो ।

शहरी विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन एवं व्यवस्थापन समितिसँग संसद् सचिवालयले भाडा सम्झौता गरेको थियो ।

उक्त सम्झौता संसद् सचिवालयले रद्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?