+

जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

२०८२ असोज  २४ गते १५:५० २०८२ असोज २४ गते १५:५०
जापान विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी२० विश्वकप एसिया तथा प्यासिफिक छनोट अन्तर्गत जापान विरुद्धको खेलमा टस जितेर बलिङ रोजेको छ।
  • नेपाल र जापानले समूह बी मा सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् र आजको खेल सुपर सिक्सको अघोषित खेल हुनेछ।
  • आजको खेल जित्ने टिमले सुपर सिक्समा २ अंक लिएर जानेछ।

२४ असोज, काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया तथा प्यासिफिक छनोट अन्तर्गत जापान विरुद्धको खेल नेपालले टस जितेर बलिङ रोजेको छ । ओमनको अल अमरेत क्रिकट ग्राउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पिल्डिङ रोज्दै जापनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

समूह बी मा रहेका नेपाल र जापानले यसअघि नै कुतेवलाई पराजित गर्दे सुपर सिक्समा स्थान पक्का गरिसकेका छन् । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कुवेतलाई ५ विकेटले हराएको थियो ।

सुपर सिक्समा स्थान पक्का गरिसकेकोले आजको खेल नेपाल र जापानको लागि अघोषित रुपमा सुपर सिक्सको खेल जस्तै हुनेछ । आज जित्ने टिमले सुपर सिक्समा २ अंक लिएर जानेछ ।

टी२० विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय