+
+
Shares

मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई युवा संघको अल्टिमेटम

आगामी आइतबारसम्म मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले निकट राष्ट्रिय युवा संघले २४ घण्टाभित्र मोटरसाइकल र्‍यालीको अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिएको छ।
  • युवा संघका अध्यक्ष क्षितिज थेबेले मोटरसाइकल र्‍याली रोक्नु सरकारको मौलिक हकमा बन्देज भएको बताएका छन्।
  • थेबेले सरकारले लोकतन्त्रको धज्जी उडाएको र अधिनायकवादी भएको आरोप लगाएका छन्।

२४ असोज, काठमाडौं। नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले २४ घण्टाभित्र मोटरसाइकल र्‍यालीको अनुमति दिन सरकारलाई अल्टिमेटम दिएको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले २४ घण्टाभित्र (आगामी आइतबारसम्म) मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

मोटरसाइकल र्‍याली आयोजना गर्न काठमाडौं प्रशासनले रोक लगाएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थेबेले यस्तो चेतावनी दिएका हुन्।

युवा संघ सडकमा ओर्लिएर आन्दोलित भए सरकारले रोक्न नसक्ने उनको भनाइ छ। युवा संघले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले र्‍याली आयोजनाको अनुमति दिएन।

र्‍याली रोकेर सरकारले मौलिक हकमा बन्देज लगाएको अध्यक्ष थेबेको भनाइ छ । मोटरसाइकल र्‍याली शान्ति स्थापना र नागरिकको रक्षाका लागि आयोजना गरिएको भन्दै उनले त्यसलाई रोकेर सरकारले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाए।

सरकार अधिनायकवादी भएको र निरंकुशता हाबी हुन थालेको भन्दै उनले युवा संघ सुशासन, विधिको शासन र कानूनी राज्य मान्ने शक्ति भएकाले नै शुक्रबार प्रशासनले रोक लगाएपछि मोटरसाइकल र्‍याली नगरिएको दावी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?